सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा तीन जनामा कोरोना पुष्टि

२०७७ असार २१, ०४:३४ खबर संवाददाता

डडेल्धुरा: डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा आइतबार तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

७६ स्वाबका नमूनामध्ये तीन जनामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाका इञ्चार्ज ईश्वरी भुसालले बताए। संक्रमण पुष्टि भएका तीनै जना डडेल्धुराका बासिन्दा रहेका छन्।

ह्युमानिटी फाउण्डेसन नेपाल र सुदूरपश्चिम समाज अमेरिकाको सहयोगमा डडेल्धुरा अस्पतालमा पिसीआर मेसिन स्थापना भएको हो।

कमेन्ट लोड गर्नुस