सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा पहिरोमा ज्यान गुमाएका र विस्थापित परिवारलाई क्षतीपूर्ती दिन विप्लवको माग

२०७७ असार २१, १२:४२ खबर संवाददाता

बझाङः प्रतिबन्धीत विप्लव नेतृत्वको नेकपाले बझाङमा पहिरोमा परी ज्यान गुमाएका र विस्थापित भएका परिवारलाई उचित क्षतीपूर्ती दिन माग गरेको छ।

विप्लव नेतृत्वको नेकपाको जिल्ला कार्य समितिका इन्चार्ज विराट र सचिव हरिलालले विज्ञप्ती जारी गर्दै मृतकका परिवार र विस्थापित भएका परिवारलाई उचित राहत तथा क्षतीपूर्ती दिन माग गरेको हो। पहिरोमा परी अकालमै ज्यान गुमाएका सबैप्रती श्रद्धाञ्जली समेत अर्पण गरिएको छ।

यस्तै घाईतेहरुको निःशुल्क उपचारको व्यवस्था मिलाउन समेत आग्रह गरिएको छ। शुक्रबार राति बझाङको केदारस्युँ गाउँपालिका वडा ८ को मल्लेसिमा अविरल वर्षासँगै आएको पहिरोमा पुरिएर ६ जनाको मृत्यु भएको छ भने एकजना अझै वेपत्ता रहेका छन्।

पहिरोमा पुरिएका   एकै घरका ४३ वर्षीया रामतीदेवी जेठारा, १६ वर्षीया शान्तिकुमारी जेठारा, १३ वर्षीय बालक प्रयाग जेठारा, ७ बालिका अस्मिता जेठारा, १५ वर्षीया बालिका सन्तु जेठारा ८१ वर्षीय दले जेठाराको शव शनिबार भेटिएको थियो।

पहिरोले केदारस्युँ गाउँपालिका–८ को मल्लेसीका २० घर बगाएको थियो।
 

कमेन्ट लोड गर्नुस