सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम प्रदेशसभामा प्रतिपक्षीको अवरोधकाबीच बजेटमाथिको छलफल प्रस्ताव टेबुल

२०७७ असार २१, १०:१२ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले असार १ गते ल्याएको अगामी आर्थिक वर्षको बजेटमाथिको छलफल प्रस्ताव  २० दिनपछि प्रदेशसभामा टेबुल भएको छ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र प्रतिपक्षी दल राजपाले प्रदेशसभाको अवरोध सिर्जना गरेपनि सभामुखले बैठकको कारवाही अगाडी बढाएका हुन्।

सभामुख अर्जुनबहादुर थापाले अर्थमन्त्री झपटबहादुर बोहोरालाई आर्थिक वर्ष २०७७÷७८ को बजेटमाथि सभामा छलफल गरी पारित गरिपाउ भन्ने प्रस्ताव टेबुल गर्न अनुमती दिए। प्रतिपक्षी दलले सरकार विरुद्ध नाराबाजी गरिरहेकै बेला अर्थमन्त्री बोहोराले छलफल प्रस्ताव सभामा टेबुल गरेका थिए।

प्रस्ताव टेबुल भएपछि सभामुख थापाले प्रदेशसभाको अर्को बैठक असार २२ गते दिउँसो ३ बजेका लागि बोलाएका छन्।

प्रतिपक्षी दलले कोरोना भाईरसको नियन्त्रण तथा रोकथाममा सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै अवरोध सिर्जना गर्दै आएको छ।

सोही अवरोधका कारण अहिले सम्म प्रदेश सरकारले अगामी वर्षका लागि ल्याएको बजेटमाथिको छलफल सुरु हुन सकेको छैन्।

कमेन्ट लोड गर्नुस