सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा क्वारेन्टिनबाट घर फर्किएर मृत्यु भएकी महिलाको रिर्पोट नेगेटिभ

२०७७ असार २१, ०८:५५ खबर संवाददाता

धनगढी : कैलालीमा क्वारेन्टिनबाट घर फर्किएपछि मृत्यु भएकी महिलाको रिर्पोट नेगेटिभ आएको छ।

जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर १० मा भारतबाट फर्किएर क्वारेन्टिन अवधी पूरा गरी घर पठाईएपछि मृत्यु भएकी ४८ वर्षीया महिलाको रिर्पोट नेगेटिभ आएको सेती प्रादेशिक अस्पतालले जनाएको छ।

अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले धनगढी स्थित प्रयोगशालामा गरिएको परीक्षणमा रिर्पोट नेगेटिभ आएको बताए।

ती महिला जेठ २६ गते भारतबाट फर्किएकी थिइन्। मृतक रक्तचाप र प्यारालाईसिसको बिरामी थिईन्। 
 
 

कमेन्ट लोड गर्नुस