Covid-19(Coronavirus) update
World Nepal
Confirmed
Recovered
Deaths

बैतडीमा पहिरोले घर भत्किँदा एक परिवार विस्थापित, १० घर जोखिममा

फाइल फोटो
फाइल फोटो
रासस
२०७७ असार २१, ०८:१६
अ+

बैतडी : वर्षा शुरु भएसँगै बैतडीका विभिन्न स्थानमा पहिरोले क्षति पु¥याउन थालेको छ। पुर्चौँडी नगरपालिका–७ ऐरीगाउँमा पहिरोले स्थानीय मङ्गल ऐरको घरमा क्षति पु¥याएको स्थानीय देवबहादुर ऐरले बताए। गएराति घरमाथिबाट खसेको पहिरोले घर पुरेको छ भने शौचालय भत्काएको छ। उनले भने, “बस्तीमाथिबाट खसेको पहिरोले सो ठाउँका १० घर जोखिममा परेका छन्।”

पहिरोले घरमा क्षति पु¥याएपछि मङ्गल ऐरको परिवार विस्थापित भएर अहिले अर्को घरमा बसिरहेको छ। यस्तै पुर्चौँडी–३ मा गएरातिको वर्षाले दुई पानीघट्ट, एक कल्भर्ट र खेतबारीमा क्षति पु¥याएको छ। नगरपालिकाको वडा नम्बर ३ स्थित सपैया खोलामा रहेका दुई घट्ट र एक कल्भर्ट बाढीले बगाएको स्थानीय खेमराज जोशीले बताए।

सपैयाखोलामा रहेको कल्भर्ट बगाउँदा नगरपालिकाको केन्द्र, वडा कार्यालय र डिलाशैनी गाउँपालिका आवतजावतमा समस्या भएको छ।
 

Skip Ad