सुदूर नेपाललाई विश्वसँग जोड्दै

सम्झौता अगावै निर्माण सकेपछि कैलालीका व्यवसायी प्रकाश सेठी आईजिपीबाट सम्मानीत

२०७७ असार २०, ०५:४८ खबर संवाददाता

धनगढीः कैलालीका निर्माण व्यवसायी प्रकाश सेठी १४ औँ पटक सम्मानीत भएका छन्। जिल्ला प्रहरी कार्यालय नवलपुरको भवन सम्झौता अवधी सकिन तीन महिना अगावै सम्पन्न गरेपछि नेपाल प्रहरीका प्रहरी महानिरीक्षक आईजीपी ठाकुरप्रसाद ज्ञवालीबाट सेठी सम्मानीत भएका हुन्।

राजेन्द्र रोयल जेभीका सञ्चालक सेठीले ठेक्का सम्झौता सकिन तीन महिना अगावै गत चैतमा काम सम्पन्न गरेपछि आईजिपी ज्ञवालीले प्रशंसा पत्र र बोनस सहित सम्मान गरेका हुन्। सेठीले एक करोड ९१ लखमा भवनको निर्माण सकिएको बताए।

उनले २०७५ सालको फागुनमा ठेक्का सम्झौता भएर गत चैतमै तीन महिना अगावै काम सम्पन्न भएपनि ढिलोगरी उद्घाटन भएको जनाए। निर्माण व्यवसायी सेठी यसअघि निर्धारित समय अगावै काम सम्पन्न भएपछि १३ पटक सम्मानीत र पुरस्कृत भईसकेका छन्।

सेठीका अनुसार यसअघि शहरी विकास तथा भवन निर्माण विभाग संघिय आयोजना कार्यान्वयन ईकाई धनगढीबाट कार्यान्वयन भएको टीकापुर बसपार्क, कञ्चनपुरको त्रिभुवन बस्ती स्वास्थ्य चौकी भवन, कालिका स्वास्थ्य चौकी भवनको काम पनि सम्झौता अगाडी नै सम्पन्न गरेपछि सम्मानीत भएका थिए।

यस्तै पुर्नवास नगरपालिका भवन, सुर्खेतको मेलकुना सिटी हल, उच्च सरकारी वकिलको कार्यालय भवन सुर्खेत, उच्च सरकारी वकिलकै कार्यालय भवन नेपालगञ्ज, सुर्खेतकै गुमी स्वास्थ्य चौकी भवन, सानीलेक स्वास्थ्य चौकी भवन, घाटगाउँ स्वास्थ्यचौकी भवन, दहचौर स्वास्थ्य चौकी भवन सुर्खेत र सुर्खेतकै रानीबास स्वास्थ्य चौकी भवनको काम पनि सम्झौता अवधी अगाडी नै सम्पन्न गरी हस्तान्तरण गरिएको थियो। 
 

कमेन्ट लोड गर्नुस