सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका लागि पीपीई सेट हस्तान्तरण

२०७७ असार २०, ०४:०६ खबर संवाददाता

बैतडी: बैतडीमा पूर्वमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रिय सदस्य रमेश लेखकले पठाएको पीपीई सेट प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गरिएको छ। कोरोना भाइरसको महामारीका समयमा अग्रमोर्चामा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुका लागि पीपीइ सेट वितरण गरिएको हो। 

शनिबार नेपाली कांग्रेस बैतडीका उपसभापति चतुरबहादुर चन्दले जिल्ला प्रशासन पुगेर पीपीई सेट हस्तान्तरण गरेका छन्। नेपाल प्रहरीका लागि ५ सेट, सशस्त्र प्रहरीका लागि ५ सेट, दशरथचन्द नगरपालिका अन्तर्गतका स्वास्थ्यकर्मीहरुका लागि ५ सेट र जिल्ला अस्पतालका स्वास्थ्यकर्मीहरुका लागि ५ सेट पीपीइ हस्तान्तरण गरिएको नेपाल तरुण दल बैतडीका उपाध्यक्ष महेश भट्टले जानकारी दिए। 

यसैबीच नेपाल तरुण दल बैतडीका उपाध्यक्ष महेश भट्टको पहलमा मेलौली नगरपालिका वडा नम्बर ९ का ५१ घरपरिवारलाई राहत वितरण गरिएको छ। केहीदिन पहिला गाउँमै पुगेर विपन्न परिवारलाई राहत वितरण गरेको भट्टले बताए। 

कमेन्ट लोड गर्नुस