सुदूर नेपाललाई विश्वसँग जोड्दै

सलहबाट मकै बालीमा पाँच करोड रूपैयाँ क्षति

२०७७ असार २०, ०२:३६ रासस

अर्घाखाँची: जिल्लामा दश हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा लगाइएको मकै बाली सलहले नष्ट गरेको छ। छ दिनयतादेखि सलहले खेतबारी नछाडेपछि स्थानीयवासी हैरान भएका छन्।

जिल्लाका केही भागमा  सलह नियन्त्रणमा आए पनि शीतगङ्गा नगरपालिकामा नियन्त्रणमा आउन सकेको छैन।  वडा नम्बर ७ का जलुके, जुवाकोटलगायत क्षेत्रमा  नौ हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा  लगाइएको  मकै पूर्ण रुपमा नष्ट भएको वडाध्यक्ष मोहन पन्थीले जानकारी दिए।

 जिल्लाका सबै क्षेत्रमा गरी १० हजार रोपनीभन्दा बढी क्षेत्रफलमा लगाइएको मकै पूूर्णरुपमा र केही भागमा आंशिक क्षति पुग्दा करीब पाँच करोड रुपैयाँ नोक्सान भएको जनाइएको छ। । शीतगङ्गा– १० सिद्धाराको दुम्सीलगायत क्षेत्रमा पनि सलहले मकै बाली पूूर्णरुपमा नष्ट गरेको वडाध्यक्ष हिम्मत पोख्रेलले बताए।  

सन्धिखर्क  र भूमिकास्थान नगरपालिका तथा छत्रदेव, मालारानी र पाणिनि गाउँपालिका सबैतिर सलहले क्षति पुर्‍याएको कृषि ज्ञान केन्द्रका कृषि प्राविधिक निमबहादुर आचार्यले जानकारी दिए।

कमेन्ट लोड गर्नुस