सुदूर नेपाललाई विश्वसँग जोड्दै

रोटरी क्लव अफ धनगढीको अध्यक्षमा तोयाराज भट्ट

२०७७ असार २०, ०८:५४ खबर संवाददाता

रोटरी क्लब अफ धनगढीको अध्यक्षमा तोयराज भट्ट चयन भएका छन्। आगामी बर्ष  २०२०।०२१ का लागी उनी अध्यक्षमा चयन भएका हुन्। 

क्लबको प्रथम उपाध्यक्षमा डाक्टर प्रतिक्षा सिङ राठौर चयन भएकी छन् भने, द्धितीय उपाध्यक्षमा अनिता पन्त, सचिवमा ठेकेन्द्र राज जोशी, कोषाध्यक्षमा सुनिता खत्री चयन भएका छन।

यस्तै सह सचिबमा डिल्लीराज ऐरी,  सह कोषाध्यक्षमा भुवन जोशी र सर्जेन्ट एट आर्ममा भगवती बडाल चयन भएका छन।

क्लबको डाइरेक्टरहरुमा क्लबमा पुर्व अध्यक्षहरु डाक्टर गणेश बहादुर सिंह, महेश बिष्ट, पुष्कर ओझा र डाक्टर सुशिल भण्डारी चयन भएको क्लबका निबर्तमान अध्यक्ष हरिशंकर ठाकुरले बताए।

उनले रोट्र्याक्ट कोर्डिनेटरमा पुर्व अध्यक्ष ओम प्रकाश पनेरु, इन्ट्र्याक्ट कोर्डिनेटरमा निर्मला पन्त भट्ट र प्रेसिडेन्ट इलेक्टमा ठेकेन्द्र राज जोशी चयन भएको बताए।

सन २०१३ मा स्थापना भएको रोटरी क्लब अफ धनगढीले विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको छ।

कमेन्ट लोड गर्नुस