सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका निजी विद्यालयले तलब नदिएको भन्दै शिक्षकहरु आन्दोलित

२०७७ असार १९, ०८:०२ खबर संवाददाता

धनगढी : कैलालीका निजी विद्यालयले तलब नदिएको भन्दै शिक्षकहरु आन्दोलित भएका छन्। कोरोना भाईरसको प्रभाव परेको तीन महिना भएपनि आफूहरुले ६ महिनादेखि तलब नपाएको भन्दै शिक्षकहरु आन्दोलित भएका हुन्।

देशव्यापी विरोध गर्ने कार्यक्रम अन्तरगत आज पहिलो चरणमा धनगढीमा पनि प्रर्दशन गरेको संस्थागत विद्यालय शिक्षक युनियन कैलालीका अध्यक्ष शिवराज जोशीले बताए।

कोरोना प्रभावका कारण विद्यालयहरु बन्द भएपनि लकडाउन अगाडीकै तलब समेत नपाएको उनले बताए।

पहिलो दिन शान्तिपूर्ण प्रदर्शन गरेपनि माग सम्बोधन नभए थप आन्दोलन कार्यक्रम तय गर्ने संस्थागत विद्यालय शिक्षक युनियन कैलालीले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस