सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी– २ को मोहना आर्यघाटमा दाहसंस्कार गर्न नपाईने

२०७७ असार १९, ०७:११ खबर संवाददाता

धनगढी : धनगढी उप–महानगरपालिका वडा नम्वर २ को मोहना आर्यघाटमा दाहसंस्कार गर्न नपाईने भएको छ। धनगढी उप–महानगरपालिका वडा नम्वर २ ले सूचना जारी गर्दै उक्त आर्यघाटमा दाहसंस्कार गर्न निशेष गरीएको जानकारी दिएको हो।

दुईसाता अघी मात्रै गौरीफन्टामा बसेको कैलाली र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी सहित भारतीय अधिकारीको बैठकमा नेपालीहरुले दाहसंस्कार गरिरहेको मोहना आर्यघाटन क्षेत्र भारतमा पर्ने भएकाले त्यहाँ नगर्न भारतीय अधिकारीले आग्रह गरेका थिए। 

कैलालीको गोदावरी नगरपालिकाका कोरोना संक्रमितको मृत्यु भएपछि मोहना घाटमा शव व्यवस्थापन भएपछि भारतीय पक्षले असहमती जनाउँदै आएको थियो। 

स्थानीय प्रशासनको आग्रह अनुसार धनगढी उप–महानगरपालिकाले त्यसको बिकल्पको रुपमा धनगढी उप–महानगरपालिका वडा नं ९ र १ को बिचमा रहेको त्रिवेणी घाट र वडा नं ३ मा रहेको वालका मन्दिर पछाडीको घाटमा दाहासंस्कार गर्न नगरवासीमा अनुरोध गरेको हो।

 

कमेन्ट लोड गर्नुस