कैलालीमा जीपको ठक्करबाट एक जनाको मृत्यु
धनगढी : कैलालीमा जीपकको ठक्करबाट एक जनाको मृत्यु भएको छ। जिल्लाको भजनी नगरपालिका वडा नम्वर ५ मा म १ च ४९२ नम्बरको जीपले ठक्कर दिँदा वडा नम्वर ७ का ५५ वर्षीय राधे लोनियाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले जानकारी दिए।
उनका अनुसार जीपको ठक्करबाट गम्भिर घाइते भएका लोनियाको उपचारको क्रममा भजनी स्वास्थ्य चौकीमा मृत्यु भएको हो। जीप चालक गोदावरी नगरपालिकाका विमल चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।