सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम समाज दक्षिण कोरियाका उपाध्यक्ष पाण्डेयद्धारा आश्रमलाई सहयोग

२०७७ असार १९, ०१:१९ खबर संवाददाता

धनगढी : सुदूरपश्चिम समाज दक्षिण कोरियाका उपाध्यक्ष लोकराज पाण्डेयले जन्म दिनको अवसर पारेर धनगढीको मानवसेवा आश्रमलाई आर्थिक सहयोग गरेका छन्।

असार ११ गते परेको जन्मदिनको अवसरमा सहयोग गरेको ११ हजार समाजका कोषाध्यक्ष डिल्लीराज पनेरु मार्फत हस्तान्तरण गरिएको हो।

मानवसेवा आश्रमका अभिभावक सिद्धराज पनेरुले धनगढी स्थायी बसोबास भएका पनेरुले मानव सेवा आश्रममै पुगेर पाण्डेले प्रदान गरेको सहयोग रकम हस्तान्तरण गरेको बताए।

हाल विदामा धनगढी घर आएका उनले सुदूरपश्चिम समाज दक्षिण कोरियाकातर्फबाट समेत मानव सेवा आश्रमलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएको पनेरुले बताए। 
 

कमेन्ट लोड गर्नुस