नेपाल स्वयंमसेवक संघ युवा संगठन कैलालीको अध्यक्षमा सुनार
कैलाली : नेपाल स्वयंमसेवक संघ, युवा संगठन कैलालीको अध्यक्षमा जनक सुनार चयन भएका छन्। सामाजिक सेवामा समर्पित स्वयंमसेवक संघले प्रदेश अध्यक्ष हिक्मत शाहीको उपस्थितीमा सुनारको अध्यक्षतामा ११ सदस्यीय जिल्ला समिति चयन गरेको हो।
जसको उपाध्यक्षमा रोहित विसी चयन भएका छन् भने सचिवमा हेमराज धमाला चयन भएका छन्। यस्तै सहसचिवमा भुवन तिमिल्सैना, कोषध्यक्षमा टिका जैशी चयन भएका छन्।
यस्तै सदस्यहरुमा पुष्पराज ढुगांना, तनुजा भट्ट, केश माझी, अभिसेक भुल, केपी धमाला र देव बहादुर विक चयन भएका छन्। समाज रुपान्तरण तथा स्थानीय स्तरमा विभिन्न जनचेतनामुलक अभियान संचालन गर्ने अध्यक्ष सुनारले बताए। उनले समाजमा रहेका कुरिती, कुसंस्कार र भ्रष्टाचार जस्ता क्रियाकलापलाई न्यूनिकरण गर्दै समाज रुपान्तरण सहितको राष्ट्र निर्माण गर्ने देशव्यापी अभियानमा लाग्ने बताए।