धनगढीमा पनि डुवान
धनगढी : बर्षापछि धनगढीमा पनि डुवान भएको छ। धनगढी उप–महानगरपालिका वडा नम्वर ७ मा डुवान भएको हो। हुलाकी राजमार्ग वरीपरीका आधा दर्जन बढि पसलमा पानी पसेको स्थानीय गायत्री पाठकले जानकारी दिईन्।
यस्तै जिल्लाको जोशीपुर गाउँपालिकामा २० र घोडाघोडी नगरपालिकामा एक गरी २१ घर डुवानमा परेका हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले जोशीपुर गाउँपालिका वडा नम्वर १ राजिपुर र वडा नम्वर ३ को एक टोलमा काडा नदिमा आएको बाढी गाउँमा पसेको बताए।
उनका अनुसार दुवै वडामा २० घर वुडानमा परेका छन् भने दुई फिटभन्दा बढि पानी जमेको छ। वडा नम्वर ३ का हिरालाल चौधरीको घर भत्किएको विष्टले दिनेश खवरलाई जानकारी दिए। यस्तै घोडाघोडी नगरपालिका वडा नम्वर २ टनकपुरमा लक्ष्मी न्यौपानेको घर पनि डुवानमा परेको छ।