सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा २१ घर डुवानमा, एक घर भत्कियो

२०७७ असार १९, १०:०५ खबर संवाददाता

धनगढी : कैलालीमा बर्षासंगै आएको बाढी गाउँ पस्दा दर्जन बढि घर डुवानमा परेका छन्। जिल्लाको जोशीपुर गाउँपालिकामा २० र घोडाघोडी नगरपालिकामा एक गरी २१ घर डुवानमा परेका हुन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले जोशीपुर गाउँपालिका वडा नम्वर १ राजिपुर र वडा नम्वर ३ को एक टोलमा काडा नदिमा आएको बाढी गाउँमा पसेको बताए। उनका अनुसार दुवै वडामा २० घर वुडानमा परेका छन् भने दुई फिटभन्दा बढि पानी जमेको छ। 

वड नम्वर ३ का हिरालाल चौधरीको घर भत्किएको विष्टले दिनेश खवरलाई जानकारी दिए। यस्तै घोडाघोडी नगरपालिका वडा नम्वर २ टनकपुरमा लक्ष्मी न्यौपानेको घर पनि डुवानमा परेको छ। 
 

कमेन्ट लोड गर्नुस