सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका यातायात व्यवसायीद्धारा ब्याज छुटको माग

२०७७ असार १८, ११:०६ खबर संवाददाता

धनगढी-सुदूरपश्चिम प्रदेशका यातायात व्यवसायीले ब्याज छुटको माग गरेका छन्। लकडानका कारण सवारी सञ्चालन नभएको भन्दै उनीहरुले बैँकहरुलाई ब्याज छुटको माग गरेका हुन्।

सुन्दर सुदूरपश्चिम यातायात प्रालिले नेपाल राष्ट्र बैँकका सुदूरपश्चिम प्रमुख निर्देशकलाई ज्ञापन पत्र बुझाएको छ। प्रालिका अध्यक्ष पदम साप्कोटाले राष्ट्र बैँक सुदूरपश्चिम प्रदेश प्रमुख निर्देशक निश्चल अधिकारीलाई ज्ञापन पत्र बुझाएका हुन्। साप्कोटाले यातायात व्यावसायीलाई ब्याज मिनाह र किस्तामा राहत दिन अनुरोध गरेका छन्। निर्देशक अधिकारीले यातायात व्यवसायीको मागमा सक्दो सहयोगका लागि पहल गर्ने आस्वासन दिएका साप्कोटाले बताए। 
 प्रालिले बैंकर्स एसोसिएसन सुदुरपश्चिम प्रदेशलाई समेत ज्ञापन पत्र बुझाएको उनले बताए। लकडाउनका कारण सुदुरपश्चिममा तीन हजार बस व्यवसायी मर्कामा  परेका साप्कोटाले बताएका छन्। 

 

कमेन्ट लोड गर्नुस