सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको क्वारेन्टिनबाट भागेका ३३ जनामा कोरोना संक्रमण

२०७७ असार १८, ०७:०६ खबर संवाददाता

धनगढी: कैलालीको एक क्वारेन्टिनबाट भागेका ३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।  कोरोना परीक्षणका लागि स्वाब दिएको लामो समयसम्म पनि रिपोर्ट नआएको भन्दै क्वारेन्टिनबाट भागेका गोदावरी नगरपालिका–११ ओलानीका ३३ जनामा कोरोना पुष्टि भएको हो। 

भारतबाट आएकामध्ये आरडीटी पोजेटिभ देखिएका ७० जनालाई वडा नम्बर ११ को सरस्वती माध्यमिक विद्यालयको क्वारेन्टिनमा राखिएको थियो। त्यसपछि उनीहरुको असार ४ गते स्वाब संकलन गरियो। तर स्वाब लिएको लामो समय भइसक्दा समेत रिपोर्ट नआएपछि ५९ जना क्वारेन्टिनबाट भागेका थिए। सुरुमा क्वारेन्टिनमा बसेका ७० जना मध्ये ४२ जनामा कोरोना देखिएकोमा भागेका ३३ जना पनि रहेको नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख वीरबहादुर कुँवरले बताए। 

अब क्वारेन्टिनबाट घर गएकाहरूलाई घरमै सुरक्षित बस्न वा फेरि क्वारेन्टिनमा फर्किन सुझाव दिएको नगरपालिकाले जनाएको छ। साथै ती सबैको कन्ट्याक ट्रेसिङ समेत हुने नगरपालिकाले बताएको छ। 

कमेन्ट लोड गर्नुस