सुदूर नेपाललाई विश्वसँग जोड्दै

पानी परेपछि सलहको जोखिम कम हुने

२०७७ असार १७, ०२:५७ रासस

काठमाडौँ: अफ्रिकी मुलुकबाट पाकिस्तान, भारत हुँदै केही दिनअघि नेपालको तराईका जिल्लामा देखापरेको सलह मङ्गलबार काठमाडाँैमै  देखिए पनि प्रभाव कम हुने जनाइएको छ।

गत शनिबार रुपन्देही, सिन्धुली, चितवनलगायत जिल्लामा देखापरेको सलह वर्षा भएपछि मर्ने गर्छ।  वरिष्ठ कृषिविज्ञ डा केदार बुढाथोकीका अनुसार सलहको सङ्ख्या लाखौँ वा करोडौँको परिमाणमा हुन्छ। “काठमाडौँमा देखा परेको सलहको झुण्ड ठूलो होइन” डा बूढाथोकीले भने। 

नेपालमा मनसुन शुरु भइसकेकाले यसको प्रभाव कम हुने अनुमान गरिएको छ।   पूर्वी दिशाबाट पश्चिमतिर बहेको हावासँगै सलह पनि पश्चिमतिर सर्ने अनुमान मौसम तथा जलवायु महाशाखाले गरेको छ।
 

कमेन्ट लोड गर्नुस