सुदूर नेपाललाई विश्वसँग जोड्दै

लकडाउनका बेला साडा बैतडीद्वारा विभिन्न सहयोग

२०७७ असार १७, ०१:५५ खबर संवाददाता

बैतडी: समाजिक चेतना तथा विकास संघ(साडा) बैतडीले जिल्लाका विभिन्न क्वारेन्टिन र समुदायमा विभिन्न सामग्रीहरु सहयोग गरेको छ। उसले डिलाशैनी गाउँपालीका तथा दोगडाकेदार गाउँपालीकामा हालसम्म विभिन्न चार चरणमा सहयोग गरिसकेको छ।

साडा बैतडीले समुदायस्तर, क्वारेन्टिन स्तर तथा गाँउपालिका स्तरमा खानेपानी सरसफाई तथा स्वच्छता प्रवद्र्धनका सामग्री, क्वारेन्टिन व्यवस्थापनका सामग्रीहरु साथै घरधुरी स्तरमा आवश्यक सरसफाई तथा स्वच्छताका सामग्रीहरु सहयोग गरेको हो।

पहिले चरणमा डिलाशैनी तथा दोगडाकेदार गाउँपालिकाका ११ वटा समुदायका जम्मा ६०१ घरधुरीलाई सरसफाई तथा स्वच्छता सामग्रीहरु सहयोग गरेको संस्थाका कार्यक्रम संयोजक नागेन्द्र भट्टले बताए। यस्तै दोश्रो चरणमा पालिका स्तरमा रहेका क्वारेन्टिनमा सहयोग पुरयाउने उद्देश्यले गाउँपालिकामार्फत पिफर्म म्याट्रिस, ब्ल्याङकेट, तन्ना, झुल, बाल्टी, मग, सेनिटाईजर, मास्क, स्यानेटरी प्याड जस्ता सामग्री दुवै गाउँपालिकालाई हस्तान्तरण गरेको उनले बताए। 

त्यस्तै तेश्रो चरणमा डिलाशैनी गाउँपालीकालाई क्वारेन्टिन व्यवस्थापनमा सहयोग अन्तर्गत २५ थान त्रिपाल र चौथो चरणमा दुवै गाउँपालीकालाई ८÷८ थान ५ सय लिटरको प्लाष्टिक टंकी, ६० मिटर पिफर्म, ब्ल्याङकेट ३० थान र २० लिटर सेनिटाईजर सहयोग गरकोे साडाले जनाएको छ। 

२०५३ सालदेखि बैतडीमा विभिन्न समाजिक क्षेत्रमा सक्रिय रहेको साडा बैतडीका कर्मचारीहरु आफैपनि समुदाय स्तरमा जनचेतनामुलक क्रियाकलापहरु संञ्चालन गरिरहेकोमा आवश्यकता अनुसार पुनः सहयोग गर्न सकिने कार्यक्रम संयोजक भट्टले बताए। 
  

कमेन्ट लोड गर्नुस