सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा पनि देखियो सलह

२०७७ असार १७, १२:१० खबर संवाददाता

बैतडी : जिल्लाको पाटनका विभिन्न क्षेत्रमा सलह किरा देखिएका छन्। केही दिनअघि नेपाल भित्रिएको सलह किरा पहाडी क्षेत्रमा पनि देखि थालेको हो। पाटन नगरपालिकाका कृषि शाखा प्रमुख महेश अवस्थीका अनुसार मंगलबार पाटन नगरपालिका १० को ठाँटामा सलह किरा देखिएको हो।

’किसानले खबर गरेपछि हामीले फिल्डमा जाँदा सलह किरा भेटायौं,’ उनले भने, ‘अहिले धेरै ठूलो झुण्ड नभए पनि एक दुई सयको झुण्ड देखा परेको छ।’

बैतडीमा सलहको ठूलो झुण्ड नपुगेकाले बालीनालीमा त्यति क्षति पुर्याउन नसक्ने पाटन नगरपालिकाका कृषि शाखा प्रमुख अवस्थीले बताए। यसअघि सुदूरपश्चिम प्रदेशमा कैलाली र डडेल्धुरामा पनि सलह किरा देखिएको थियो। 
 

कमेन्ट लोड गर्नुस