सिसिएसद्वारा आईसियू र भेन्टिलेटरसहितको एम्बुलेन्स खरिद गर्न एक लाख २८ हजार सहयोग
धनगढी: आईसियू र भेन्टिलेटरसहितको एम्बुलेन्स खरिद गर्नका लागि सृजनशिल समाजको सृजना (सिसिएस) ले एक लाख २८ हजार एक सय रुपैँया सहयोग गरेको छ।
सेती प्रादेशिक अस्पतालका लागि आईसियू र भेन्टिलेटरसहितको एम्बुलेन्स र छुट्टै एक बेडको आईसियू तथा भेन्टिलेटर खरिद गर्न सिसिएसले एक हजार ५० अमेरिकी डलर अर्थात एक लाख २८ हजार एक सय रुपैँया सहयोग गरिएको सिसिएस कैलालीकी महासचिव हिरा भण्डारीले जानकारी दिईन्।
रोटरी क्लव धनगढीले आईसियू र भेन्टिलेटर सुविधा सहितको एम्बुलेन्स, छुट्टै आईसियू बेड र भेन्टिलेटर खरिद गर्ने अभियान थालेकोमा सोही अभियानमा सिसिएसले पनि सहयोग गरेको हो। रोटरी क्लवले केही साताभित्रै एम्बुलेन्स सहित भेन्टिलेटर र आईसियू खरिद गरेर सेती प्रादेशिक अस्पताललाई हस्तान्तरण गर्ने जनाएको छ।
क्लवले झण्डै ८० हजार अमेरिकी डलर पर्ने सुविधायुक्त एम्बुलेन्स र आईसियू बेड खरिद गर्ने जनाएको छ।