सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा फेला परेको कंकाल पत्रकार तेजु खड्काको भएको पुष्टि

२०७७ असार १६, ०५:३५ प्रकाश सिंह

बाजुरा: जिल्लाको बुढिनन्दामा भेटिएको कंकाल दुई बर्ष अगाडि बेपत्ता भएका पत्रकार तेजु खड्काको भएको पुष्टि भएको छ। २०७६ मंसिरमा कंकाल भेटिएकोमा उक्त कंकाल खड्काको भएको पुष्टि भएको हो।

‘नेपाल प्रहरीको केन्द्रिय बिधि बिज्ञान प्रयोगशालामा डिएनए परिक्षणकालागि पठाइएको थियो,’ जिल्ला प्रहरी कार्यलय बाजुराका प्रहरी प्रमुख टंक प्रसाद भट्टराईले भने, ‘डिएनए रिपोर्ट हेर्दा खड्काकै कंकाल भएको पुष्टि भएको छ।’
उनको खोजी गर्ने क्रममा वेपत्ता भएको एक बर्षपछि दुई वटा करङ, झोला र आइडि कार्ड भेटिएको थियो। 

उनी दिपायल सिलगढी नगरपालिका १ तिखा घर भई रेडियो बुढीनन्दा बाजुरामा बजार ब्यबस्थापकको रुपमाकाम गर्दै आएका थिए। उनी २०७५ साल  भदौ ९ गते बुढीनन्दामा लागेको मेलाबाट फर्कने क्रममा बर माग्ने डाडाबाट सम्पर्कविहीन भएका थिए।

प्रकास सिह दिनेश खवरका बाजुरा संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस