डडेल्धुरामा पिसीआर मेसिन स्थापनाका लागि सिसिएसद्वारा एक लाख बढी सहयोग
धनगढी: सृजनशिल समाजको सृजना (सिसिएस) ले डडेल्धुरामा पिसीआर मेसिन स्थापना अभियानमा एक लाख ११ हजार एक सय ११ रुपैया सहयोग गरेको छ।
मेसिन स्थापनाका लागि ह्युमानिटी फाउण्डेसन नेपाल, सुदूर पश्चिम समाज अमेरिकाद्वारा जारी अभियानमा सिसिएसका तर्फबाट अध्यक्ष प्रकाश बिष्टले मंगलबार एक लाख ११ हजार एक सय ११ रुपैयाको चेक ह्युमानिटी फाउण्डेसनका संस्थापक श्याम तायललाई हस्तान्तरण गरेका छन्।
पिसीआर मेसिनको अभावमा कोरोनाको परीक्षणबाट बञ्चित सुदूरपश्चिमका ७ वटा पहाडी जिल्लाका बासिन्दालाई डडेल्धुरामा पीसीआर मेसिन स्थापनाले सुबिधा हुने भएकोले सिसिएसका तर्फबाट सहयोग गरेको अध्यक्ष बिष्टले बताए।