सुदूर नेपाललाई विश्वसँग जोड्दै

साफ च्याम्पियनसिप अर्को वर्ष

२०७७ असार १६, १२:०७ रासस

बङ्गलादेशमा हुने भनिएको १३औँ संस्करणको दक्षिण एसियाली फुटबल महासङ्घ च्याम्पियनसिप (साफ) प्रतियोगिता अर्को वर्ष हुने भएको छ। कोरोना भाइरसका कारण साफ च्याम्पियनसिप एक वर्ष सारिएको हो।

साफको सोमबार बसेको बैठकले साफ च्याम्पियनसिप सन् २०२१ मा गर्ने निर्णय गरेको हो। यसअघि साफ च्याम्पियनसिप यही वर्ष सेप्टेम्बरमा गर्ने तय भएको थियो। बङ्गलादेशले लगातार दोस्रो पटक साफ आयोजना गर्ने जिम्मेवारी पाएको हो। 

बाह्रौँ साफ सन् २०१८ मा बङ्गलादेशको ढाकामा आयोजना गरिएको थियो। बाह्रौँ साफको उपाधि माल्दिभ्सले जितेको थियो। सो प्रतियोगितामा नेपाल सेमिफाइनलसम्म पुगेको थियो। यसैगरी महिला र पुरुषतर्फ साफ यु–१५ च्याम्पियनसिप र साफ यु–१८ वुमन्स च्याम्पियनसिपबारे साफको अर्को बैठकले टुङ्गो लगाउने बताइएको छ।  
 

कमेन्ट लोड गर्नुस