सुदूर नेपाललाई विश्वसँग जोड्दै

झापामा पाँच प्रतिशत मात्र रोपाइँ

२०७७ असार १५, ०७:१२ रासस

झापा: धान खेतीका लागि उर्बर भूमि मानिने झापामा असार १५ सम्ममा पाँच प्रतिशत मात्र रोपाइँ भएको कृषि ज्ञान केन्द्रले जनाएको छ। समयमै बर्षात् सुरु भएपनि किसानले ढिलो बिउ राखेका कारण हालसम्ममा पाँच प्रतिशत मात्र रोपाइँ भएको हो।  

केन्द्रका प्रमुख निलकमल सिंहले भने, ‘‘किसानले ढिलो बिउ राखेको कारण रोपाइँमा ढिलो भयो।’’ असार १५ देखि साउन पहिलो हप्तासम्ममा जिल्लामा रोपाइँ सकिने उनी बताउँछन्। झापामा यस वर्ष ८७ हजार ५०० हेक्टर क्षेत्रफलमा गरिने धान खेतीमध्ये चार हजार ३७५ हेक्टर जमिनमा मात्र धान रोपाइँ भएको छ। प्रमुख सिंहले झापामा ८० प्रतिशत खेती आकासेपानीको भरमा हुने बताए। 

झापामा नियमित सिँचाइका लागि कनकाई, निन्दा, टाङटिङ, पालिया, खुदुनाबारी, सिद्धिनहर, भुतेनी खोलालगायतका सिँचाइ आयोजना छन्। धान दिवसको अवसरमा आज कनकाई नगरपालिकास्थित कृषि सहकारीको जमिनमा सामूहिक रोपाइँ गरिएको छ।

कमेन्ट लोड गर्नुस