यातातायत कार्यालय धनगढीमा हुने भिड नियन्त्रण गर्न बैंक काउन्टर स्थापना गर्न आग्रह
धनगढी: यातायात व्यवस्था कार्यालय धनगढीमा हुने भिडभाडलाई नियन्त्रण गर्न बैंक काउन्टर स्थापना गर्न अनुरोध गरिएको छ। सुन्दरपश्चिम यातायात प्राली धनगढीले बैंक काउन्टर स्थापना गर्न अनुरोध गरेको हो।
सवारी साधनका कागजपत्र नविकरणका लागि यातायात व्यवस्था कार्यालयमा लामो समयसम्म सामाजिक दुरी समेत कायम नगरी लाईन बस्नुपर्ने बाध्यता रहेको सुन्दरपश्चिम यातायात प्रालीका अध्यक्ष पदम सापकोटाले बताए। जसकारण कोरोनाको जोखिम बढेकाले बैंक काउन्टर थपगरी भिडभाडलाई नियन्त्रण गर्न अनुरोध गरिएको उनले बताए।