सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको क्वारेन्टाइनका मृतक भान्सेको कोरोना रिपोर्ट नेगेटिभ

२०७७ असार १५, ०५:१२ खबर संवाददाता

बैतडी: बैतडीको क्वारेन्टाइनका मृतक भान्सेको कोरोना रिपोर्ट नेगेटिभ आएको छ। जिल्लाको जगन्नाथ बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा २ महिनादेखि खाना पकाउँदै आएका दशरथचन्द नगरपालिका ६ का ५३ वर्षीय मृतक मोहनसिंह पेलाको पिसीआर जाँच गर्दा रिपोर्ट नेगेटिभ आएको छ। 

उनको स्वाब धनगढीस्थित कोरोना प्रगोगशालामा जाँच गरिएको बैतडीका कोभिड १९ सम्पर्क व्यक्ती भुवनप्रसाद जोशीले जानकारी दिए। 

शनिबार घरमै एक्कासी बिरामी भएर अस्पताल ल्याउँदै गर्दा बाटोमा उनको मृत्यु भएको थियाे।

कमेन्ट लोड गर्नुस