सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा जनप्रतिनिधिका छोराहरूको गुण्डागर्दी, सर्वसाधारणमाथि कुटपिट

२०७७ असार १५, १२:४८ खबर संवाददाता

धनगढी : कैलालीको गौरीगंगा नगरपालिकाका जनप्रतिनिधिका छोराहरू सम्मिलित युवाटहरुको समूहले एक युवकमाथि मरणासन्न हुनेगरी कुटपिट गरेको छ। नगरपालिकाका वडा सदस्यद्वय चिरञ्जीवी जोशी र अमृता विकका छोरासहित युवाहरूको कुटपिटबाट युवक घाइते भएका हुन्।

ईलाका प्रहरी कार्यालय मसुरियाका प्रहरी नायव निरिक्षक डम्मरबहादुर थापाले आइतवार राति गौरीगंगा नगरपालिका–८ का राजकुमार कठरियाका २१ वर्षीय छोरा कमान्डो कठरियामाथि कुटपिट भएको बताए। 

कुटपिटमा वडा सदस्य जोशीका छोरा निरज जोशी र वडा सदस्य विकका छोरा अर्जुन विकसहित गौरीगंगा नगरपालिका–४ का दिपेन्द्र सुनार, अर्जुन विक, विवेक बराल, वडा नम्बर ९ का सुरेश चुनाराको संलग्नता रहेको उनले बताए। 

घाइते कठरियाका बुवा राजकुमार कठरियाले आफ्नो छोराले ती युवालाई लागूऔषधको कारोबार गरेको देखेको र घटना बाहिर आउने डरले आफ्नो छोरामाथि कुटपिट गरेको दाबी गरे। यसैबीच, कुटपिटको घटनालाई आपसमै मिलाउने प्रयास भइरहको छ।

वडा सदस्यद्वय सहितका व्यक्तिले आपसी छलफलबाटै घटनालाई मिलाउनुपर्ने दबाब सिर्जना गरिरहेका बताइएको छ। राति नै पक्राउ परेका निरज जोशीलाई उनका बुवा चिरञ्जीवी जोशीले पहुँचको भरमा घर लगेका जनाइएको छ।
 

कमेन्ट लोड गर्नुस