सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा झण्डै ५० प्रतिशत रोपाई सम्पन्न

२०७७ असार १४, ०४:०० खबर संवाददाता

धनगढी: सुदूरपश्चिममा झण्डै ५० प्रतिशत रोपाई सम्पन्न भएको छ। प्रदेशको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका अनुसार शनिबारसम्म झण्डै ५० प्रतिशत रोपाई सम्पन्न भएको हो। 

१७औं राष्ट्रिय धान दिवसको पुर्वसन्ध्यामा मन्त्रलयले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता खगेन्द्रप्रसाद शर्माले ४९ प्रतिशत भन्दा बढी रोपाई सम्पन्न भएको बताए। पत्रकार सम्मेलनमै सहभागी भएका सुदूरपश्चिम कृषि निर्देशनालयका निर्देशक यज्ञराज जोशीले यस वर्ष नियमित वर्षा भएका कारण छिटो रोपाई सुरु भएको बताए। ‘यसरी नै पानी परे धान उत्पादनमा समेत बृद्धि हुन्छ’, उनले भने। 

यस्तै धान उत्पादनमा बृद्धि, आत्मनिर्भरता र सम्बृद्धि भन्ने नाराका साथ यस वर्षको धान दिवस मनाइने मन्त्रालयले जनाएको छ। तर कोरोना भाइरसको कहरका कारण विगतका वर्षहरुको जस्तो यस वर्ष भने औपचारिक कार्यक्रमको आयोजना नगर्ने बताइएको छ। 
 

कमेन्ट लोड गर्नुस