सुदूर नेपाललाई विश्वसँग जोड्दै

एक किलो सलह ल्याए २५ रुपैँया दिने सुदूरपश्चिम सरकारको निर्णय

२०७७ असार १४, ०३:३३ खबर संवाददाता

धनगढी: सुदूरपश्चिम प्रदेश सरकार अन्तरगतको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले अनिकाल निम्त्याउने एक किलो सलह किरा ल्याए २५ रुपैयाँ दिने निर्णय गरेको छ। आइतबार धान दिवसको पूर्व सन्ध्यामा आयोजित पत्रकार सम्मेलन उक्त निर्णय भएको जानकारी दिइएको हो। 

मन्त्रालयका प्रवक्ता खगेन्द्र प्रसाद शर्माका अनुसार सलह किराले पुर्‍याउन  सक्ने क्षति कम गर्न विभिन्न उपायमध्ये किरा संकलन गरेर स्थानीय तहका वडा कार्यालयमा बुझाउनेलाई एक किलोग्रामको २५ रुपैयाँका दरले नगद प्रोत्साहन दिने व्यवस्था गरिएको छ।

सलह किरा मारेर स्थानीय तहको कृषि शाखामा उपलब्ध गराए उक्त स्थानीय तहले रकम उपलब्ध गराउने उनले बताए। 

कमेन्ट लोड गर्नुस