सुदूर नेपाललाई विश्वसँग जोड्दै

घोडाघोडी नगरपालिकाद्धारा सहारा घरलाई सहयोग

२०७७ असार १४, ११:०० रासस

मानसिक रोगीलाई आश्रय दिइरहेको कैलालीको बर्दगोरिया गाउँपालिका –२ स्थित सहारा घरलाई  घोडाघोडी नगरपालिकाले सहयोग गरेको छ। नगरपालिकाले शनिबार ६५ हजारसहित तीन क्विन्टल चामल, ६० किलो दाल, २० किलो नुन, एक बाकस तेल र एक बाकसअण्डा सहयोग गरेको हो।

नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीले  विभिन्न कारणले मानसिक सन्तुलन गुमाएर सडकमा भौँतारिरहेकाहरुलाई सहारा दिएर घर एक उदाहरणीय पात्र बनेको बताए। सहारा घरका सञ्चालक बलबहादुर विष्टले घरमा एम्बुलेन्स, स्वास्थ्यकर्मी, औषभि, खानेपानीलगायत विभिन्न समस्या रहेको बारे अवगत गराउँदै स्वास्थ्यकर्मीको व्यवस्थापन गरिदिन अनुरोध गरे। 
 

कमेन्ट लोड गर्नुस