सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा थपिएका ६० जना कोरोना संक्रमित कुन वडाका कती ?

२०७७ असार १३, ०७:४३ खबर संवाददाता

धनगढी: आइतबार डोटीका ६० जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य कार्यालय डोटीका अनुसार जिल्लाको दिपालय सिलगढी नगरपालिका वडा नम्बर १ का २४ जना, शिखर नगरपालिका वडा नम्बर १ का एक र वडा नम्बर २ का ५ जनालाई कोरोना पुष्टि भएको हो। 

यस्तै बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर १ का २, वडा नम्बर ३ का १, वडा नम्बर ४ का २, वडा नम्बर ६ का ४, वडा नम्बर ७ का ३ जनालाई कोरोना भाइरसको संक्रमण देखिएको छ। 

त्यस्तै सायल गाउँपालिका वडा नम्बर ५ का २ जना, बडिकेदार गाउँपालिका वडा नम्बर ३ का २ जना, पुर्वीचौकी गाउँपालिकाको वडा नम्बर ७ का १० जना, जोरायल गाउँपालिका वडा नम्बर २ का १ र वडा नम्बर ४ का दुई जनामा कोरोना पुष्टि भएको छ। 

कमेन्ट लोड गर्नुस