आदर्श नव युवा क्लबद्वारा धनगढीमा रक्तदान कार्यक्रम
२०७७ असार १३, ०२:२७
धनगढी: आदर्श नव युवा क्लबले धनगढीमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ। धनगढीमा गरिएको रक्तदान कार्यक्रमबाट ६१ पिन्ट रगत संकलन भएको क्लबका अध्यक्ष निराजन खड्काले जानकारी दिए।
रेडक्रस कैलालीको सहकार्यमा रक्तदान कार्यक्रमको आयोजना गरिएको खड्काले बताए। क्लबले धनगढीको पञ्चोलयमा व्यवस्थापन गरिएको क्वारेन्टिनमा पनि खाना र नास्ताको व्यवस्थापन गर्दै आएको छ।
कमेन्ट लोड गर्नुस