सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल भित्रियो अनिकाल निम्त्याउने सलह

२०७७ असार १३, ०१:१७ खबर संवाददाता

नेपालमा सलह फट्याङग्रा भित्रिएको छ। यो फट्याङग्रा भैरहवा, पर्साको पर्सागढी गाउँपालिका, बाराको डुमरवाना र सर्लाहीको नवलपुरमा अहिलेसम्म देखापरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ।
बारा र पर्सामा सलह किरा देखिएको खबर प्राप्त भएको मन्त्रालयका प्रवक्ता सहसचिव डा. हरिबहादुर केसीले जानकारी दिए। 

केन्द्रले अहिले कृषि ज्ञान केन्द्रका बिज्ञ कर्मचारीलाई खटाएर उच्च गुणस्तरको क्यामेराबाट यो फट्याङग्राको फोटा खिचेर कर्मचारीलाई पठाउन निर्देशन दिएको छ। फट्याङग्रा नेपालमा छिरेपछि केन्द्रले दिउँसो उच्चस्तरीय कार्यदलको बैठक समेत डाकेको छ।

यी फट्याङग्रा एक वर्ग किलोमिटर क्षेत्रमा फैलिएर बस्ने गर्छन भने एउटा बथानमा झण्डै चारदेखि आठ करोड हुन्छन्। फट्याङग्राको एउटा बथानले एक दिनमा करिब ३५ हजार मानिसलाई दुई छाक पुग्ने खाद्यान्न खाइदिने विज्ञहरुले बताएका छन्।

यो फट्याङग्राले सम्पूर्ण कृषि वालीको बोटविरुवा, बाली, फुल, डाँट, डाँटको बोक्रासम्म खाइदिने क्षमताका भएकाले प्रवेश गरेको स्थानमा ठूलो भोकमरी र अनिकाल पर्ने गरेको बताइएको छ। 

कमेन्ट लोड गर्नुस