सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा ब्याज लिने माइक्रोफाइनान्सलाई विप्लवको जनकारवाही, ९८ हजार बरामद

२०७७ असार १३, १०:०२ खबर संवाददाता

धनगढी : डडेल्धुरामा ब्याज र किस्ताको रकम लिने फरवार्ड माइक्रोफाइनान्सलाई नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले जनकारवाही गरेको छ।

किस्ता र ब्याज रकम वापतको ९८ हजार बरामद दुई सय रुपैँया बरामद गरेर जनकारवाही गरिएको हो। फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड शाखा कार्यालय जोगबुढामाथि जनकारवाही गरिएको हो।

बरामद गरिएको रकम ब्याज रकम बुझाउने स्थानीयलाई फिर्ता गरिने नेपाल कम्युनिष्ट पार्टीले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस