सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी रंगशालामा सरसफाई

२०७७ असार १३, ०९:२२ खबर संवाददाता

धनगढी : नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ कैलालीले धनगढी रंगशालामा सरसफाई गरेको छ। लामो समय सम्म उक्त रंगशालामा खेलकुदका गतिविध नहुदाँ फोहोर भएकाले सरसफाई गरिएको संघका अध्यक्ष प्रकाश चन्दले जानकारी दिए।

उनले नेपाल प्रहरी, सशस्त्र प्रहरी, खेलाडी र संघका पदाधिकारी लगायतका व्यक्तिहरुको सहभागितामा सरसफाई गरिएको बताए।

संघले यसअघि लकडाउनको समयमा दैनिक छाकटार्न समस्यामा परेका खेलाडीहरुको  परिवारलाई समेत राहत वितरण गरेको थियो। विभिन्न जिल्लामा पुगेर खेलाडीहरुलाई लकडाउनको अवधिमा खाद्यान्न वितरण गरिएको हो।
 

कमेन्ट लोड गर्नुस