धनगढीमा पुल भत्किएको दुई बर्ष हुँदा पनि मर्मतमा वेवास्ता
धनगढी : धनगढी उप–महानगरपालिका वडा नम्बर १२ जुगेडमा पुल भत्किएको दुई बर्ष हुन लाग्दा पनि मर्मत वेवास्ता गरिएको छ। वडा नम्बर १२ जुगेडा ए गाउँको महाकाली टोलमा रहेको पुल भत्किएको दुई बर्ष हुँदा पनि मर्मतमा वेवास्ता गरिएको हो।
स्थानीय वासिन्दा छविराज जोशीले पुल मर्मत नहुँदा एम्बुलेन्स लगायतका अत्यावश्यक सेवा सञ्चालनमा पनि समस्या भएको बताए। बिरामी, किसान र विद्यार्थी लगायत टोलका बासिन्दहरु मर्कामा परेको उनले बताए।
धनगढी उपमहानगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष गणेश जोशीले भने टिप्पर चढ्दा पुल भत्केकोले ठुला गाडीलाई आवतजावत रोकिएको बताए। सो गाउँमा जानका लागि अर्को वाटो समेत नभएका कारण धनगढी उपमहानगरपालिकाले चैतमा नै मर्मत र निर्माण गर्ने निर्णय भएपनि लकडाउनका कारण बनाउन नसकिएको वडाध्यक्ष जोशीले बताए।