सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी उप–महानगरमा पछिल्लो ५ दिनमा कसैमा देखिएन कोरोना

२०७७ असार १३, ०९:०१ खबर संवाददाता

धनगढी : सुदूरपश्चिम प्रदेशमा पहिलो पटक धनगढीमा कोरोना पुष्टि भएकोमा पछिल्लो पाँच दिनमा भने नयाँ संक्रमण देखिएको छैन्। ८ गते धनगढीका २१ जनामा कोरोना पुष्टि भएकोमा त्यसयता कसैमा पनि कोरोना संक्रमण पुष्टि नभएको धनगढी उप–महानगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ।

स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक लक्ष्मीराज उपाध्यायले पाँच दिनयता कसैमा पनि संक्रमण पुष्टि नभएको बताए। ‘पछिल्लो पटक २१ जनामा कोरोना पुष्टि भएको थियो,’ उनले भने, ‘त्यसपछि नयाँ संक्रमण देखिएको छैन्। ७६ जनाको कोरोना परीक्षणका लागि स्वाब संकलन गरेका छौ। उनीहरुको रिपोर्ट आउन बाँकी छ।’

यस्तै जिल्ला स्वास्थ्य कार्यालय कैलालीले धनगढीमा संक्रमितको सङख्या ८१ पुगेको बताए पनि धनगढी उप–महानगरपालिकाले भने संक्रमितको सङख्या ६५ मात्रै रहेको जनाएको छ। चैत १४ गते पहिलो पटक धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का पुरुषमा संक्रमण पुष्टि भएको थियो।

अहिले १९ वटै वडामा संक्रमित फेला परेको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक उपाध्यायले जानकारी दिए। उनका अनुसार सवैभन्दा बढी संक्रमित वडा नम्बर १२ मा भेटिएका छन्। १२ नम्वर वडामा १४ जनामा कोरोना पुष्टि भएको छ। त्यसमा ५ महिला र ९ जना पुरुष रहेका छन्। 

वडा नम्बर १ मा दुई महिला र तीन पुरुष गरी ५ जना, वडा नम्बर २ मा तीन महिला र एक पुरुष गरी ४ जना, वडा नम्बर ३ मा तीन जना पुरुष, वडा नम्बर ४ मा एक महिला, वडा नम्बर ५ मा तीन महिला र तीन पुरुष गरी ६ जना र वडा नम्बर ६ मा दुई जना पुरुष संक्रमित भेटिएका छन्। 

त्यसैगरी वडा नम्बर ७ मा ३ जना पुरुष, वडा नम्बर ८ मा ३ पुरुष, वडा नम्बर ९ मा ३ महिला र ७ पुरुष गरी १० जना, वडा नम्बर १० मा ३ जना पुरुष र वडा नम्बर ११ मा एक जना पुरुषमा कोरोना पुष्टि भएको उपाध्यायले जानकारी दिए। 

धनगढी उपमहानगरपालिको वडा नम्बर १३ मा २ जना पुरुष, वडा नम्बर १४ मा एक महिला र दुई पुरुष गरी ३ जना जना, वडा नम्बर १५ मा एक जना पुरुष, वडा नम्बर १६ मा एक जना पुरुष, वडा नम्बर १७ मा एक जना महिला, वडा नम्बर १८ मा तीन जना पुरुष र वडा नम्बर १९ मा एक महिलामा कोरोना पुष्टि भएको छ।

कमेन्ट लोड गर्नुस