सुदूर नेपाललाई विश्वसँग जोड्दै

इंग्लिस प्रिमियर लिगमा चेल्सीसँग सिटी २ – १ ले पराजित

२०७७ असार १२, ०८:२० खबर संवाददाता

इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटी पराजित भएको छ। गएराति भएको खेलमा १० खेलाडीमा सीमित सिटी चेल्सीसँग २ – १ गोल अन्तरले पराजित भएको हो।

घरेलु मैदानमा चेल्सीलाई जित दिलाउन क्रिस्टियन पुलिसिच र विलियनले एक एक गोल गरे। सिटीका केभिन डी ब्रुयनले एक गोल फर्काए। रोमान्चक बनेको खेलको ३६ औं मिनेटमा पुलिसिचले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए।

५५ औं मिनेटमा ब्रुयनले गोल गर्दै सिटीलाई १९१ गोलको बराबरीमा फर्काए। खेलको ७७ औं मिनेटमा फेर्नान्डिन्होले रातो कार्ड पाएपछि सिटी १० खेलाडीमा समेटियो।

त्यसको एक मिनेट नबित्दै चेल्सीले पेनाल्टी प्राप्त गर्यो। जसमा विलियनले गोल गर्दै चेल्सीलाई २ –१ को जित दिलाए। चेल्सीको जितसँगै लिभरपुलले प्रिमियर लिगको उपाधि जितेको छ।

चेल्सीसँग पराजित भएपछि दोस्रो स्थानको सिटी लिभरपुल भन्दा २३ अंकले पछि परेको छ। सिटीको ३१ खेलमा ६३ अंक रहेको छ। लिभरपुलको ८३ अंक रहेको छ। सिटीलाई हराएको चेल्सीले ५४ अंक जोडेको छ। 

कमेन्ट लोड गर्नुस