सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछामबाट गर्भवतीको उद्दार

२०७७ असार ११, ०९:०३ खबर संवाददाता

अछाम-अछामबाट गर्भवतीको उद्दार गरिएको छ। जिल्लाको तुर्माखाँद गाउँपालिका भैरपस्थानकी मनिसा उखेडाको हेलिकोप्टर मार्फत उद्दार गरिएको हो।

सुत्केरी व्याथा लागेकी उनलाई सुर्खेत लगिएका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए। हिजोदेखि सुत्केरी बेथा लागेकोमा  स्वास्थ्य चौकीमा सुत्केरी गराउन सम्भव नभएपछि सुर्खेत लगिएको पौडेलले बताए। राष्ट्रपति महिला उथान कार्यक्रम मार्फत उनको उद्दार गरिएको प्रमुख जिल्ला अधिकारी  पौडेलले बताए। 

कमेन्ट लोड गर्नुस