सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली अस्पतालमा मुत्रनलीको ७ दशमलव ८ एमएमको पत्थरीको सफल शल्यक्रिया

२०७७ असार ११, १०:५६ खबर संवाददाता

धनगढी : धनगढीको कैलाली अस्पतालले पहिलो पटक मुत्रनलीमा अड्किएको जटिल पत्थरीको सफल शल्यत्रिया गरेको छ।

अस्पतालले कञ्चनपुरका २९ महिने बालकको मुत्रनलीमा अड्किएको ७ दशमलव ८ एमएमको पत्थरीको सफल शल्यक्रिया गरिएको जनाएको छ।

अस्पतालका डाक्टर आनन्द पाठक,डाक्टर अरुण पाण्डे र डाक्टर कपिल गौतमको समूहले दुरविन प्रविधिबाट बिना चिरफार जटिल पत्थरीको शल्यक्रिया गरेको कैलाली अस्पतालका सञ्चालक जनकराज जोशीले जानकारी दिए।

धनगढीमै जटिल मुत्रनलीको जटिल पत्थरीको शल्यक्रिया भएपछि बालकका अभिभावकले खुसी व्यक्त गरेको उनले बताए।  
 

कमेन्ट लोड गर्नुस