सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको गौरीगंगाले ल्यायो करिब साढे ७९ करोडको बजेट

२०७७ असार १०, ०६:३७ खबर संवाददाता

कैलाली: कैलालीको  गौरीगंगा नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि करिब साढे ७९ करोडको बजेट ल्याएको छ। बुधबार आठौं नगर सभामा नगर उपप्रमुख अंचला चौधरीले ७९ करोड ४० लाख ६३ हजारको बजेट प्रस्तुत गरेकी छन्। 

उनले प्रस्तुत गरेको बजेट अनुसार २०७७/०७८ को बजेटमा आयतर्फ आन्तरीक आय ५ करोड ८८ लाख ९७ हजार, बित्तिय समानिकरण १६ करोड ५४ लाख ७१ हजार, राजस्व वाँडफाँडबाट १३ करोड ४१ लाख ६५ हजार ६ सय र सशर्त अनुदान २१ करोड ६२ लाख रहेको उल्लेख छ। 

त्यसैगरी संघीय समपुरक अनुदान ३ करोड ४ लाख, प्रदेश सरकार समपुरक कोष अनुदान १ करोड ४० लाख ३० हजार, प्रदेश सरकार विशेष अनुदान ४९ लाख र सामाजिक सुरक्षा कार्यक्रम १७ करोड रहेको नगर उपप्रमुख चौधरीले जानकारी दिइन। 

कमेन्ट लोड गर्नुस