सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीको बोगटानका फुड्सिल गाउँपालिकाको प्राथमिकतामा स्वास्थ्य

२०७७ असार १०, ०६:२४ खबर संवाददाता

डोटी: डोटीको बोगटान फुड्सिल गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकता दिएको छ। गाउँपालिकाको ७औँ गाउँसभाले निती तथा कार्यक्रममा स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेको छ।

आर्थिक वर्ष ०७७/०७८ को निती तथा कार्यक्रम पेश गरिएको कार्यक्रममा ९५ लाख रकम विनियोजन गरिएको छ। पेश गरिएको कार्यक्रममा स्वदेश फर्किएका युवाहरुलाई लक्षित गरेर ‘बेरोजगार युवाहरुलाई स्वरोजगार, श्रमशक्तीको व्यवस्थापन’ कार्यक्रम संचालन गरिने भएको छ। 

महिलाको कार्यबोझ कम गर्नका लागी गरिब संग अध्यक्ष कार्यक्रम अन्तरगत खरको घर बिस्तापित गरी जस्ता पाता लगाउने कार्यक्रमलाई निरन्तर दिइने भएको छ। गाउँपालिकामा नयाँ ट्रयाक खोल्ने कार्यलाई निरुन्तसाहित गरी खोलियका ट्रयाकको स्तर उन्नतीगरी बाह्र महिना सडक संचालन गर्न सक्नेगरी काम गर्ने गाउँपालिकाले निती लिएको छ। 

उज्यालो  बोगटान बनाउने गाउँपालिकाको निती अनुसार प्रदेश तथा संघिय सरकारसंगको सहकार्य गरेर केन्द्रीय विद्युत लाईन बिस्तार गर्ने र स्थानीय जलविद्युत योजनाको संरक्षण गर्दै उज्यालो गाउँपालिका बनाउने अभियानलाई निरन्तरता दिईने भएको छ। वालमैत्री तथा पोषयुक्त गाउँपालिका घोषणाका लागी आधार तयार गर्दै निकट भविश्यमा पूर्ण कार्यान्वयन गर्ने गरी कार्यान्वयन गरिने छ। 

बोगटान गाउँपालिका अध्यक्ष कमलबहादुर गडसिलाको अध्यक्षतामा संचालन भएको ७औँ गाउँसभामा गाउँपालिकाका उपाध्यक्ष भवगती बमले आर्थिक वर्ष ०७७/०७८को निती कार्यक्रम तथा बजेट प्रस्तुत गरेकी थिइन।

 

कमेन्ट लोड गर्नुस