सुदूर नेपाललाई विश्वसँग जोड्दै

६ वडा अध्यक्षद्वारा कैलालीको घोडाघोडी नगरसभा बहिस्कार

२०७७ असार १०, ०५:२० खबर संवाददाता

धनगढी: कैलालीको घोडाघोडी नगरपालिकाले आगामी आर्थिक वर्षको नीती तथा कार्यक्रम प्रस्तुत गर्न बोलाएको नगर सभा ६ जना वडा अध्यक्षले बहिस्कार गरेका छन्। बजेटमा नगरप्रमुख र प्रशासकिय अधिकृतले एकलौटी गर्न खोजेको भन्दै वडा नम्बर २, ३, ७, ८, ११ र १२ का वडा अध्यक्ष र कार्यपालिका सदस्यले नगरसभा बहिस्कार गरेका हुन्।

घोडाघोडी नगरपालिकाको नीती तथा कार्यक्रममा नगरप्रमुखले एकलौटी गर्न खोजेको र वडामा थोरै बजेट राखेर वडालाई पछाडी पार्न खोजेको भन्दै नगरसभा बहिस्कार गरेको वडा न ७ का वडाअध्यक्ष धनबहादुर बमले बताए।

 

कमेन्ट लोड गर्नुस