सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराका क्वारेन्टिन र आइसोलेसन कक्षका लागि आवश्यक सामग्री सहयोग

२०७७ असार १०, ०४:५२ खबर संवाददाता

डडेल्धुरा: विपद् जोखिम व्यवस्थापनका क्षेत्रमा लामो समयदेखि कृयासिल गैर सरकारी संस्था एकीकृत विकास समाज डडेल्धुराले जिल्लाको भित्रिमधेस क्षेत्रमा रहेका आलिताल गाँउपालिका र परशुराम नगरपालिकालाई क्वारेन्टिन र आइसोलेसन कक्षका लागि आवश्यक सामग्रीहरु हस्तान्त्ररण गरेको छ।

अन्तराष्ट्रिय गैर सरकारी संस्था मर्सिकोर नेपालसँगको सहकार्यमा सो संस्थाले कार्यान्वयन गरिरहेको आर्थिक विकास मार्फत विपद जोखिम न्युनिकरण परियोजना (एमरेड तेस्रो चरण) अन्तर्गत परशुराम नगरपालिकालाई आठओटा ५०० लिटर क्षमताका खानेपानी ट्यांकी, १५ लिटर सेनिटाइजर, ३५ थान तन्ना र एक सय मिटर पीफर्म उपलब्ध गराएको परशुराम नगरपालिकाका नगरप्रमुख भिमबहादुर साँउदले जानकारी दिए। 

यसैगरि आलिताल गाँउपालिकामा पनि आठओटा ५०० लिटर क्षमताका खानेपानी ट्यांकी, १५ लिटर सेनिटाईजर, ३५ थान तन्ना र एक सय मिटर पीफर्म उपलब्ध गराइएको एकीकृत विकास समाज डडेल्धुराकी कार्यकारी निर्देशक पदमा गुरुङले बताइन। एकीकृत विकास समाजले मुलुकमा कोरोना भाइरसको संक्रमण देखिएपछि हालसम्म चार चरणमा स्थानीय तहलाई राहात वितरण गरिसकेको छ। एकीकृत विकास समाजले निरन्तर रुपमा सघाइरहेकाले कोरोना महामारीको जोखिम व्यवस्थापन र रोकथाममा सहयोग पुगिरहेको परशुराम नगरपालिकाका उपप्रमुख कलावती बोहराले बताइन।

यसअघि तेस्रो चरणको राहात सहयोग कार्यक्रम अन्तर्गत सो संस्थाले अमरगढी नगरपालिकाका एक सय ३० अपाङ्गगता भएका तथा अशक्त व्यक्तीका परिवारजनलाई राहात वितरण गरेको थियो भने गन्यापधुरा गाँउपालिकामा रहेका अपाङ्गगता भएका र अशक्त ब्यक्तिहरुका सब एक सय बढि परिवारलाई राहात वितरण गरेको थियो। अन्तराष्ट्रिय दातृ निकाय एफसीएको सहयोगमा सो संस्थाले कार्यान्वयन गरिरहेको सिमान्तकृत समुदायको शशक्तीकरण तथा जिविकोपार्जन (सिम) परियोजनाको सहयोगमा अमरगढी नगरपालिका र गन्यापधुरा गाँउपालिकामा राहात वितरण गरिएको हो।

गन्यापधुरा गाँउपालिकामा रहेका दुई सय ५० दलित परिवारका साथै अमरगढी नगरपालिका र भागेश्वार गाँउपालिकाका एक सय ८० जनजाती परिवारहरुलाई प्रतिपरिवार तीस किलो चामल, तीन किलो दाल, दुई किलो आयोडिनयुक्त नुन, दुई लिटर खानेतेल, दुई किलो चिनी र चारओटा साबुनका दरले राहात वितरण गरिएको एकीकृत विकास समाज डडेल्धुराकी कार्यकारी निर्देशक पदमा गुरुङले जानकारी दिइन। 

मुलुकमा लकडाउन जारीभएसँगै जिल्लाका सातओटै स्थानीय तहलाई सरसफाई तथा स्वास्थ्य सामग्रीहरुकासाथै खाद्यान वितरण गरेको एकीकृत विकास समाजले भारतबाट आउने व्यक्तिहरुको संख्या बढेसँगै जिल्लाभरिका विभिन्न स्थानमा क्वारेन्टाईन ब्यवस्थापनका लागि सघाएको थियो। 

जिल्ला प्रहरी कार्यालय डडेल्धुरालाई ३० थान मोबाइल सेट राहात स्वरुप वितरण गरेको सो संस्थाले  डडेल्धुरा जिल्लामा विपद प्रतिकार्य योजना निर्माणका साथै विपदमा परेका समुदायलाई राहात सहयोग पुगाउन एकिकृत विकास समाजले महत्वपुर्ण योगदान पुगाईरहेको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले बताए। 

एकीकृत विकास समाज डडेल्धुराका सचिव राम धामी, कार्यकारी निर्देशक गुरुङ र एमरेड तेस्रो चरण परियोजनाका संयोजक गणेश मगरले स्थानीय तहमै पुगेर राहत हस्तान्तरण गरेको आलिताल गाँउपालिकाका अध्यक्ष बलबहादुर गुरुङले बताए। उनले हालसम्म निरन्तर सहयोग गरिरहेको एकीकृत विकास समाजलाई धन्यवाद ज्ञापन गरे। 
 

कमेन्ट लोड गर्नुस