सुदूर नेपाललाई विश्वसँग जोड्दै

कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिद्वारा गोदावरीको नगरअधिवेशन बहिस्कार

२०७७ असार १०, ०४:०७ खबर संवाददाता

धनगढी: कैलालीको गोदावरी नगरपालिकाको पाँचौ नगरअधिवेशन बहिस्कार गरिएको छ।  बुधवारबाट सुरु भएको नगरअधिवेशन कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले उदघाटनकै बेला बहिस्कार गरेर हलबाट बाहिरिएका छन्। 

नगरपालिकाको बजेट बाँडफाँडप्रति आफुहरुको सहमती नभएको भन्दै अधिवेशन बहिस्कार गरेको वडा नम्बर २ का वडा सदस्य कमल कडायतले बताए।  नगरपालिकाले वडामा जाने बजेट सिलिङ नबढाएको, नगरपालिकामा डल्लो बजेट राख्ने योजना बनाएको र सिलिङ बनाउँदा आफुहरुसँग सल्लाह नगरेकाले अधिवेशन  बहिष्कार गरेको उनले बताए। 

साथै उनीहरुले नगरपलिकाका नगरप्रमुखले एकलौटी ढंगले बजेट छुट्याएको समेत आरोप लागेको छ। 
 

कमेन्ट लोड गर्नुस