सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको गोदावरीमा थपिएका ३२ जना संक्रमित कुन वडाका कति ?

२०७७ असार १०, ०३:११ खबर संवाददाता

धनगढी : कैलालीको गोदावरीमा नगरपालिकामा आज थप ३२ जनामा कोरोना पुष्टि भएको छ। योसंगै नगरपालिकामा संक्रमितको सङख्या एक सय १३ पुगेको छ।

आज संक्रमण पुष्टि भएका मध्ये वडा नम्वर ७ का १५ जना रहेका छन्। यस्तै वडा नम्वर ४ का ६ जना, वडा नम्वर ५ का पाँच जना, वडा नम्वर २ का चार जना र वडा नम्वर १ का दुई जना रहेका छन्।

उनीहरु मध्ये वडा नम्वर ७ का दुई जना, वडा नम्वर १ र वडा नम्वर ५ का एक÷एक जना महिला रहेका छन्। 
 

कमेन्ट लोड गर्नुस