सुदूर नेपाललाई विश्वसँग जोड्दै

एनसीडिए कैलालीद्वारा क्वारेन्टिनमा बसेकाहरुका लागि सरसफाई सामग्री सहयोग

२०७७ असार १०, ०१:४९ खबर संवाददाता

धनगढी : नेपाल औषधि व्यवसायी संघ(एनसीडिए) कैलालीले धनगढी उपमहानगरपालिकाका विभिन्न क्वारेन्टिनमा बसेकाहरुका लागि सरसफाई सामग्री सहयोग गरेको छ। एनसीडिएको ४७ओेैं स्थापना दिवसको अवसरमा उसले उपमहानगपालिकालाई सरसफाई सामग्री हस्तान्तरण गरेको हो। 

बुधबार नगरप्रमुख नृपबहादुर ओडलाई सामग्री हस्तान्तरण गरेको जिल्ला शाखाका अध्यक्ष जनकराज जोशीले जानकारी दिए। आफुहरुले क्वारेन्टिनमा बसेकाहरुका लागि मास्क र साबुन सहयोग गरेको उनले बताए।  
 

कमेन्ट लोड गर्नुस