सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी उप–महानगरपालिकाले आज बजेट ल्याउने

२०७७ असार १०, ०९:४९ खबर संवाददाता

धनगढी : धनगढी उप–महानगरपालिकाले आज नगर सभामा नीति, कार्यक्रम र बजेट प्रस्तुत गर्ने भएको छ। पाँचौ नगरसभामा आगामी आर्थिक बर्षको नीति, कार्यक्रम र बजेट प्रस्तुत गरिने भएको हो।

नगरसभाले ल्याउने कार्यक्रम र बजेटले कोभिड १९ बाट सिर्जित संकट ब्यबस्थापनलाई प्राथमिकतामा राख्ने बताईएको छ। 

त्यसैगरी पूर्वाधार विकास, कृषिमा आधुनिकीकरण, शिक्षा क्षेत्रमा गुणात्मक सुधार, सूचना प्रविधी तथा संचार विकास, उद्यम तथा सहकारी विकास, मानव संशाधन सामाजिक विकास, पर्यटन प्रवद्र्धन, क्वारेन्टाईन ब्यबस्थापन, बिदेशबाट फर्किएका यूवाहरुका लागि उद्यमशिलता जस्ता कुराहरु बजेटमा अटाउने उप–महानगरपालिकाले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस